किरात राई यायोक्खा बेलायतको अध्यक्षमा मेजर राई

SHARE:

लण्डन डिसेम्बर १३ । किरात राई यायोक्खा बेलायतको ८ औं महाधिवेशनबाट अध्यक्षमा मेजर योगेश राई निर्वाचित भएका छन् । शनिवार लण्डनको साउथ ह्यारोमा सम्पन्न महाधिवेशनबाट मेजर राई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

महाधिवेशनले राईको अध्यक्षतामा २१ नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । नवनिर्वाचित उपाध्यक्षहरुमा राजकुमार राई, प्रेमकुमार राई, आशा राई, शान्तकला राई र शंकर राई छन् । समितिको महासचिवमा देवेन्द्र राई ‘खेरेस’ तथा उपमहासचिवमा ईश्वर चाम्लिङ र किसन राई निर्वाचित भएका छन् । महाधिवेशनबाट सचिवमा रोम मुकारुङ राई र उमिरा राई, कोषाध्यक्ष प्रसाद राई र सहकोषाध्यक्षमा नीता राई र चन्द्र जयपाल राई निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यहरुमा शान्ता राई, पेन्डुलाल राई, शोभा राई, सुरेश राई, मनिकला राई, निर्मला मादेन राई र किसन राई निर्वाचित भएका छन् । महाधिवेशनका प्रमुख अतिथि किरात राई यायोक्खा नेपालका अध्यक्ष दिवस राईले भर्चुअल माध्यमबाट शुभकामना व्यक्त गरेका थिए । किरात राईहरुको संख्या विदेशमा बढदै जानु सुखद पक्ष रहेको बताउंदै राईले बेलायतमा किरात राई यायोक्खा बलियो र सबल बनेको बताए । उनले संस्थालाई व्यक्ति केन्द्रित भन्दा पनि विधि विधानको आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । कोही व्यक्ति आउँछ जान्छ, तर किरात राई यायोक्खा सदैव रहिरहने भन्दै उनले विधि, विधानलाई सबैले शिरोपर गनुपर्ने बताए ।

महाधिवेशन उद्घाटन सत्रमा जनता समाजवादी पार्टीका केन्द्रीय नेता भगवान चाम्लिङले संस्था बलियो भए सबैको पहिचान र अस्तित्व रहिरहने बताए । संस्थालाई बलियो बनाउनका लागि सबै किरात राईहरु एकढिक्का भएर अगाडि जानुपर्ने आवश्यकता रहेको उनले बताए । ‘आजको आवश्यकता भनेको सबै किरात राईहरु एकजुट हुनु हो, फुटेर होइन जुटेर जानुपर्छ’, उनले भने ।

महाधिवेशन उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाले पनि शुभकामना मन्तव्य राखेका थिए । उनले किरात राई यायोक्खालाई आदिवासी जनजाति महासंघले भरपुर सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । महाधिवेशनमा बेलायतका १३ वटा प्रारम्भिक कार्यसमितिका प्रतिनिधि तथा पर्यवेक्षक सहित २ सय ५० बढीको सहभागिता थियो । महाधिवेशनमा प्रारम्भिक कार्यसमितिहरुले कार्यप्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

महाधिवेशनको बन्द सत्रमा महासचिव नरेश काङमाङ राईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष प्रसाद राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रमा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमा गहन छलफल भएको थियो । महाधिवेशनमा संशोधित विधानलाई उपाध्यक्ष प्रेम राईले प्रस्तुत गरेका थिए । बन्द सत्रमा महासचिव नरेश काङमाङ राई, कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष प्रसाद राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उपस्थित प्रतिनिधिहरुले सामूहिक रुपमा छलफल गरेका थिए । छलफलपछि प्रस्तुत भएका प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पास भएको थियो ।

बन्द सत्रको अध्यक्षता किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष यशोदा राई र निर्वाचन समितिको अध्यक्षता पूर्व अध्यक्ष डा. सुमाया राईले गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना मन्तव्य उपाध्यक्ष राजकुमार राईले र सञ्चालन महासचिव नरेश काङमाङ राईले गरेका थिए । महाधिवेशनमा छलफल भएको विषयमा डा. मूलवीर राई र गीतकार ईश्वर चाम्लिङले टिप्पणी गरेका थिए । टिप्पणीकर्ताको तर्फबाट टिप्पणी प्रस्तुत र घोषणापत्र डा. मुलवीर राईले गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि मेजर योगेश राईले तत्कालीन र दीर्घकालिन रणनीतिक अवधारणाहरु समेत सार्वजानिक गरेका छन् । अध्यक्ष राईले बेलायतमा रहेका सम्पूर्ण किरात राईहरुलाई एकताको सुत्रमा बांधेर अन्य जातजातिहरुसंग भाइचाराको रुपमा सम्बन्ध स्थापित गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

महाधिवेशनको अन्त्यमा निर्वाचित भएका सम्पूर्णलाई निर्वाचन समितिका अध्यक्ष डा. सुमाया राईले शुभकामना व्यक्त गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!