बेलायतमा ओमिक्रोन बढेको भन्दै सजग रहन प्रधानमन्त्री जोनसनको आह्वान

SHARE:

लण्डन मंसिर २७ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा ओमिक्रोन तीव्र रुपमा बढेको भन्दै सबैलाई सजग रहन आह्वान गरेका छन् ।

उनले भने ‘हामी नयाँ भेरियन्टविरुद्धको आपतकालिन युद्धमा छौं । यसबारे सबै सजग हुनु आवश्यक छ ।,’ ओमिक्रोनको नयाँ भेरियन्ट देखिएपछि कोभिडको सचेतना चौथो तहमा पुर्याइएका बेला प्रधानमन्त्रीको भनाइ सार्वजनिक भएको हो । चौथो तहको अर्थ संक्रमणको दर उच्च भन्ने हुन्छ । पछिल्लो पटक मे महिनामा चौथो तह घोषणा गरिएको थियो ।

कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गरेका छन् । बेलायतले अर्को सातादेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने भएको छ । पछिल्लो समयमा बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको छ ।

विज्ञहरुले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिँदै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!