नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

SHARE:

काठमाडौं डिसेम्बर १५। नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई पराजित गर्नुहुँदै देउवा दोस्रो कार्यकालका लागि सभापति बन्नुभएको हो । राष्ट्रिय सभा गृहमा भएको मतगणनामा देउवाले २७२४ पाउनुभयो । उहाँको प्रतिद्वन्द्वी शेखर कोइरालाले १८१७ मत प्राप्त गर्नुभयो । ४५ सय ६३ मत खसेको भनिएकोमा ११ मत बढी देखिएको छ । औपचारिक परिणाम घोषणा हुँदा केही मत तलमाथि हुने छ ।

यसपटक सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा हुनुहुन्थ्यो । तर, पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँचमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।

१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै नतिजा आफ्नो पक्षमा पार्नभएका देउवाले यसपटक दोस्रो चरणको मतदानबाटै नेतृत्व आफ्नो पक्षमा पार्नुभएको हो । पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो । महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!