बेलायतमा एकैदिन झन्डै ६० हजार कोरोना संक्रमित थपिए

SHARE:

लण्डन मंसिर २९ ।

बेलायतमा मंगलबार एकैदिन झन्डै ६० हजार कोरोना संक्रमित थपिएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५९ हजार ६१० संक्रमित फेला परेका छन् । यो संख्या जनवरी यताकै उच्च हो । यसैसंगै बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ९ लाख ३२ हजार ५४५ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १५० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४६ हजार ६२७ पुगेको छ । पछिल्लो २४ घन्टामा ७९३ संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ७ हजार ६ सय ७२ छ । यस्तै ९०० संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड २१ लाख ७८ हजार ८९८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १२ लाख ९८ हजार ८३८ जना अर्थात ८९.२ प्रतिशतले खोपको पहिलो र ४ करोड ६८ लाख ४ हजार ६०९ जना अर्थात ८१.४ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी २ करोड ४० लाख ७५ हजार ४५१ अर्थात ४१.९ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!