एजेन्सी मंसिर २९ ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमिक्रोन भाइरस विश्वभर अभूतपूर्व गतिमा फैलिईरहेको बताएको छ ।
ओमिक्रोन भाइरस बिश्वका ७७ राष्ट्रहरुमा फैलिसकेको भन्दै डब्ल्युएचओले यस अघिका भेरियन्ट भन्दा ओमिक्रोनको गति निकै तीब्र रहेको बताएको हो ।डब्ल्युएचओ प्रमुख टेड्रोस गेबे्रेयसले अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वका सवै देशहरुमा फैलिने चेतावनी दिए ।
समयमा नियन्त्रण नगरे बिश्व फेरि ओमिक्रोनको चपेटामा पर्ने भन्दै उनले विश्व समुदायलाई सचेत बनाएका छन् । ओमिक्रोन देखा परेपछी धेरै राष्ट्रहरुले दक्षिण अफ्रिाका र त्यसका छिमेकी देशहरुलाई यात्रा प्रतिबन्ध लगाए पनि चुस्त मापदण्ड तय गर्न चुकेको उनको गुनासो छ ।






