
काठमाडौं डिसेम्बर १६ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेसको खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । खड्काले २ हजार १२१ मत ल्याए । त्यस्तै गुरुङले १ हजार ९०८ मतसहित विजयी हासिल गरेका हुन् । खड्का शेरबहादुर देउवा प्यानलबाट जितेका हुन् । गुरुङ शेखर कोइराला प्यानलबाट जितेका हुन् ।
उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार -१९०६, चन्द्र भण्डारी -१५८०, सुजाता कोइराला-६४४, महेश आचार्य -५८९ र दिव्यश्वरी शाहले १३२ मत मत पाए ।
गत सोमबार भएको मतदानमा ४ हजार ६ सय ८९ मत खसेको थियो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचन गरेको छ ।






