कांग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी

SHARE:

काठमाडौं पुष १ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएको चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

बिहीवार भएको मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नौ सय ८४ मत प्राप्त गरेर महामन्त्रीमा विजयी भएका हुन् । यस्तै डा.प्रकाशशरण महतले एक हजार पाँच सय ५६, प्रदीप पौडेलले एक हजार तीन सय ९३, डा. मिनेन्द्र रिजालले आठ सय नौ र डा.राजाराम कार्कीले एक सय ६ मत प्राप्त गरेका छन् ।

गएको सोमवार भएको मतदानमा कुल चार हजार ६ सय ८२ मत खसेको थियो । जसमध्ये ४३ मत बदर भएको हो । शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा महत र पौडेल, डा.शेखर कोइराला समूहबाट रिजाल र थापा, प्रकाशमान सिंहको समूहबाट शर्मा, विमलेन्द्र निधिको समूहबाट कार्की उम्मेदवार थिए । महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना चयन भएका हुन् । सभापतिमा देउवा निर्वाचित भइसकेका छन् भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित भएका छन् ।

महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!