बेलायतमा कोरोना संक्रमको नयाँ रेकर्ड,एकै दिन झण्डै ८० हजार संक्रमित थपिए

SHARE:

लण्डन पुष १ ।

बेलायतमा कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ ।

ओमिक्रोन भेरियन्टको संक्रमणसंगै बुधबार एकैदिन ७८ हजार ६ सय बढी नयाँ संक्रमित थपिएर संक्रमणको नयाँ रेकर्ड बनाएको हो । यो संख्या गत वर्ष जनवरीको उच्चतम् संक्रमण दर भन्दा बढी हो । ६ करोड ७० लाख जनसंख्या रहेको बेलायतमा १ करोड १० लाख मानिस संक्रमित भईसकेका छन् ।

ओमिक्रोन भेरियन्टको संक्रमणसंगै प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमणको आँधी नै आउनसक्ने चेतावनी दिएका छन् । यद्यपी संक्रमण रोक्नका लागि अघि सारिएको मापदण्ड विरुद्ध १ सय जना भन्दा बढी सरकारी वकिलहरुले नै मतदान गरेका छन् ।

एक साताभित्रै देशभित्र अस्ताल भर्ना हुनेको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको भन्दै प्रधानमन्त्री जोन्सनले सर्वसाधारण जति छिटो खोपका लागि तयार हुन्छन उति नै सजिलोसंग संक्रमणलाई नियन्त्रण गर्न सकिने बताएका छन् । ओमिक्रोन संक्रमणपछि खोप लगाउनेहरुको संख्या पनि बढेको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!