बेलायतले सिररियामा शत्रु पक्षको ड्रोन खसाल्यो

SHARE:

लण्डन पुष २ ।

बेलायतको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रु पक्षको एउटा ड्रोन खसालिदिएको छ ।

करिव चार दशकपछि पहिलोपटक बेलायती सेनाले शत्रुको ड्रोनलाई निशाना बनाएको हो । इराकनजिकको सीमा क्षेत्रमा दुईवटा एफजीआर फोर जेटका पाइलटले ड्रोन खसालिदिएका हुन् ।

दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध युद्धरत गठबन्धन सेनामा सुरक्षा चुनौती देखिएपछि बेलायती सेनाले सो ड्रोन खसालिदिएको हो । आकाशबाट छोटो दुरीमा प्रहार गर्न सकिने क्षेप्यास्त्रको प्रयोग गरेर ड्रोन खसालिएको थियो । ड्रोन खसाल्न प्रयोग गरिएको क्षेप्यास्त्र ध्वनीभन्दा चाँडो गतिमा उड्न सकिने बताइएको छ ।

रक्षामन्त्री बेन वालेसले हवाई क्षेत्रमा बेलायती सेनाले कुनै पनि बेला शत्रुलाई निशाना बनाउन सामथ्र्य रहेको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!