ले.रि.कुसाङ गुरुङ बने सहारा युकेको अध्यक्ष

SHARE:

लन्डन डिसेम्बर १८ । सहारा यूकेको अध्यक्षमा ले.रि.कुसाङ गुरुङ निर्वाचित भएका छन् । सहारा यूकेको शनिबार भएको १३ औं साधारणसभा तथा छैटौं अधिवेशनले आगामी (२०२२–२०२३) दुई वर्षका लागि कुसाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा कृष्ण गुरुङ, महासचिवमा मनोज गुरुङ, सचिवमा वाचस्पती रेग्मी, कोषाध्यक्षमा कुमार थापा, सहकोषाध्यक्षमा जगन गुरुङ चयन भएका छन् ।

यस्तै सहारा एफसी चेयरमेनमा शारदा गुरुङ, सहारा एफसीको सिइओमा क्या.रि.पिताम्बर गुरुङ, स्पोर्टस सेक्रेटरीमा अनिल गुरुङ र युवा खेलकुद संयोजकमा सन्दीप उपाध्यायलाई सर्वसम्मत निर्वाचित गरेको निवर्तमान अध्यक्ष कुमार गुरुङले जानकारी दिए ।

सदस्यहरुमा मिलन गुरुङ, मञ्जु गुरुङ राई, सुधा गुरुङ, मेघ गुरुङ, प्रेम गुरुङ, शम्शेर गुरुङ, दल गुरुङ, ध्रुव गौतम र सूर्य गुरुङ छानिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!