कोलचेस्टर नेपाली समाजमा नेपाली दूतावास लन्डनको कन्सुलर टोली

SHARE:

लन्डन डिसेम्बर २१ । नेपाली दूतावास लन्डनले आफ्नो कन्सुलर टोली कोलचेस्टर नेपाली समाजमा पठाएको छ ।

एनआरएन कार्ड, अस्थायी भिजिट भिसा र नेपाली राहदानी नवीकरणका लागि घरदैलोमा सेवा उपलब्ध गराउन टोली शनिबार १८ डिसेम्बर २०२१ मा बिहान ११ अगाडि आफ्नो समाजमा आएको अध्यक्ष एवं ट्रस्टी उदयबहादुर गुरुङ एमबीईले जानकारी दिए । नेपाली दूतावासले उपलब्ध गराएको कन्सुलर सेवा कोलचेस्टर नेपाली समाजका लागि अति नै लाभदायक र सह्रानीय रहेको भन्दै उनले कोल्चेष्टरवासी नेपालीले घरदैलोमा कन्सुलर सेवा प्राप्त भएको बताए ।

नेपाल सरकारको दूतावासका उपनियोग प्रमुख रोशन खनाल तथा द्वितीय सचिव रामबाबु नेपालको सहमतिमा यो कार्य सम्भव भएको हो । कन्सुलर टोलीलाई क्याप्टेन उमेशकुमार पुन एमभीओ र उनकी श्रीमती रुपा पुनले स्वागत गरी बिहानको ब्रेकफाष्टको व्यवस्था गराएका थिए ।

ब्रेकफाष्टपछि उनीहरुले अबीगेट हाउसमा अफिस खोलेर एनआरएन कार्ड, भिजिट भिसा वितरण र नेपाली राहदानी नवीकरण गर्ने काम सुरु गरेका थिए । सबै जनाले दिउँसो २ बजे गोर्खा होमका महिलाहरूले तयार पारेको खाना खाएका थिए । सोबित गुरुङ र दमबहादुर पुनको सहयोगमा लाउन्जमा टेबुल र कुर्सीहरू राख्नेलगायत कन्सुलर टोली र अन्य महानुभावहरुको खानाका लागि सबै व्यवस्थापन र किनमेलको व्यवस्था गरेकोमा कर्णबहादुर राणालाई कोल्चेस्टर समाजका अध्यक्ष गुरुङले धन्यवाद दिएका छन् ।

उनका अनसार दिउँसोको खाना खाइसकेपछि कन्सुलर टोलीले दिउँसो ३:३० बजेसम्म एनआरएन कार्ड, भिजिट भिसा र नेपाली राहदानी नवीकरण गरेको थियो । कन्सुलर टोलीले १२ एनआरएन कार्ड, २ भिजिट भिसा र १२ नेपाली राहदानी नवीकरण गरेको थियो । कन्सुलर टोलीको कार्य सम्पन्न भएपछि क्याप्टेन उमेशकुमार पुन MVO ले उनीहरुलाई आर्ट सेन्टर र टाउन हल भ्रमण गराएका थिए । त्यसपछि गोर्खा ब्रिटानियामा साँझको खानपिन गराए । कोलचेस्टरमा गर्ने कार्य सम्पन्न भएपछि कन्सुलर टोली साँझ साढे ७ बजेपछि कोलचेस्टर बाट लन्डनको लागि प्रस्थान गरेका थिए ।

नेपाली दूतावासको दोस्रो सचिव रामबाबु नेपाल र अन्य तीन कर्मचारीहरू कोलचेस्टर आएर कोलचेस्टर नेपाली समाजलाई उत्कृष्ट सेवा उपलब्ध गरेकोमा अध्यक्ष गुरुङले आभार प्रकट गरेका छन् । दूतावासका पदाधिकारीहरु कोलचेस्टरमा आएर नेपाली समाजका सदस्यहरूलाई दूतावासको सेवा उपलब्ध गराएकोले कोल्चेष्टरका नेपालीहरुलाई लन्डन यात्रा गर्न आवश्यक जनही १ सय पाउन्डदेखि १५० पाउन्ड बचत भएको समेत अध्यक्ष गुरुङले उल्लेख गरेका छन् ।

क्याप्टेन उमेश कुमार पुन MVO, उनका श्रीमती रुपा पुन, कर्णबहादुर राणा, सोबित गुरुङ, दमबहादुर पुन, रुकमाया राना, मिश्री गुरुङ, जसकुमारी गुरुङ र टक माया पुन सबै जनाले कन्सुलर टोलीका लागि ब्रेकफाष्ट र खानपिनको साथै कन्सुलर टोलीका लागि अस्थायी कार्यालयको लागि टेबुल र कुर्सीहरूको व्यवस्था गरेका थिए । उक्त कार्यमा सबैको समर्पण र प्रतिबद्धताप्रति अध्यक्ष गुरुङले आभार व्यक्त गरेका छन् ।

त्यस्तै अबीगेट हाउसमा आफ्नो प्रिन्टर, फोटकपी मेसिन र ल्यापटप प्रयोग गर्न दिएर सहयोग गरेकोमा अर्जुनकुमार सुनुवारलाई पनि अध्यक्ष गुरुङले धन्यवाद दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!