ओमिक्रोनको संक्रमण बढ्दै गएपछि लण्डनमा नयाँ वर्षको कार्यक्रम स्थगित

SHARE:

लण्डन पुष ६ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि लण्डनमा नयाँ वर्षको कार्यक्रम स्थगित गरिएको छ ।

विगतमा नयाँ वर्षको आतसबाजी विश्वभर प्रख्यात थियो तर कोरोना संक्रमणका कारण गत वर्ष पनि सो आतसबाजी गरिएको थिएन र यस वर्ष लण्डनको ट्राफलगर स्क्वायरमा नयाँ वर्षको कार्यक्रम आयोजना गरिएको थियो । तर लण्डनका मेयर सादिक खानले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण सो कार्यक्रम गर्न नसकिने भन्दै सोमबार सो कार्यक्रम रद्द गरेका छन् ।

करिब ६ हजार ५०० मानिसहरु जम्मा हने सो कार्यक्रम जनसुरक्षाका कारण रद्द गर्न परेको उनले बताएका छन् । यस वर्षपनि लण्डनका केही प्रतीकात्मक स्थलबाट लाइभ प्रसारण गरेर नयाँ वर्ष मनाइने खानले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!