लयडन पुष ७ ।

क्रिसमसका समयको कोरोनाभाइरसको नयाँ भेरियण्ट ओमिक्रोनको सबैभन्दा बढी असर परेका व्यवसायीलाई सहयोग गर्न बेलायतले १ अर्ब पाउण्ड स्टर्लिङ सहायता प्याकेजको घोषणा गरेको छ ।
यस योजनाले साधारणतया उनीहरूको व्यस्त समयको दौडान आतिथ्य र मनोरञ्जन क्षेत्रका फर्महरूलाई अनुदान प्रदान गर्नेछ साथै साना तथा मध्यम आकारका व्यवसायहरूका लागि वैधानिक रूपमा व्यवस्था गरिएको राहत प्रदान गर्ने सरकारले बताएको छ । हालैका हप्ताहरूमा बढ्दो कोरोनभाइरस सङ्क्रमणले गर्दा कर्मचारीहरूको अनुपस्थिति भएको साथै कर्मचारीको माग बढ्दै गएकोले अतिथि सत्कारको यो क्षेत्रले बारम्बार राज्य सहायताको लागि आह्वान गरेको छ ।
वित्त मन्त्री ऋषि सुनाकले भने “ओमिक्रोन भेरिएन्टको फैलावटले आतिथ्य र मनोरञ्जन क्षेत्रका व्यवसायहरूले व्यस्त हुनुपर्ने समयमा ठूलो अनिश्चितताको सामना गरिरहेका छन् भन्ने कुरा हामीलाई थाह छ । त्यसैले १ अर्ब पाउण्ड स्टर्लिङको सहयोग प्याकेजको योजना अघि सारेका छौँ ।”
स्थानीय अधिकारीहरूले अन्य संघर्षरत व्यापारिक संस्थाहरूलाई सहयोग गर्न अर्को १ करोड पाउण्ड स्टिर्लिङ उपलब्ध गराउने बताएका छन् । राज्यले हिउँदमा इङ्ल्याण्डका सांस्कृतिक संगठनहरूलाई समर्थन गर्न आफ्नो संस्कृति पुनः स्थापना कोषमा ३० मिलियन पाउण्ड स्टर्लिङ सहयोग गर्नेछ ।






