नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

SHARE:

काठमाडौं पुष ७ ।

नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । ती पुरुष अहिले होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले ती पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिएको जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले बताएको छ ।

यो सँगै नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । यसअघि एक विदेशी नागरिक र ती नागरिकको सम्पर्कमा आएका एक नेपालीमा संक्रमण पुष्टि भएको थियो । उनीहरु दुबै जना हाल संक्रमणमुक्त भइसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!