बंगलादेशमा मोटर डुंगामा आगो लाग्दा ३६ जनाको मृत्यु

SHARE:

एजेन्सी पुष ९ ।

बंगलादेशमा शुक्रबार बिहान एउटा मोटर डुंगामा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट २ सय ५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा आज बिहान तीन बजे आगलागी भएको जनाइएको छ । तीन तले डुंगामा झन्डै पाँच सय मानिस सवार रहेको अनुमान छ । उनीहरु मध्ये अधिकांश आफ्नो गाउँ फकिँदै थिए ।

डुंगाको इन्जिनबाट आगलागी सुरू भएको बताइएको छ । आगो लागेपछि केही यात्रुहरु ज्यान जोगाउन नदीमा हाम्फालेका थिए । प्रहरीले अहिलेसम्म ३६ जनाको शव निकालेको छ भने मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ । एक सय भन्दा बढीलाई जलेको अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!