लन्डन । कोरोनाको नयाँ भेरिएन्ट संक्रमण बढेसँगै तमुधिं लन्डन इकाईको ल्होछार कार्यक्रम रद्द भएको छ ।
अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा २३ डिसेम्बर साँझ बसेको आकस्मिक बैठकले आगामी ९ जनवरी २०२२ का लागि तर्जुमा गरिएको ल्होसार/ल्होछार तथा इकाईको १४ औं वार्षिकोत्सव कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो ।
‘बेलायतमा कोरोना भाइरस संक्रमितको क्रम संख्या दिनप्रतिदिन आकाशिएर बढ्दो चापको कारण हामी आफू साथै विशेषत: समुदायको स्वास्थ्य सुरक्षा र हितको लागि यस्तो निर्णय लिइएको अध्यक्ष गुरुङ र उपाध्यक्ष ल्होछार कार्यक्रम संयोजक ललितमान गुरुङद्वारा शुक्रबार जारी विज्ञफ्तिमा उल्लेख छ ।






