माओवादीको आठौँ महाविधेशन काठमाडौं सुरु

SHARE:

काठमाडौं पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरे । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेललगायत विभिन्न राजनीतिक दलका नेताहरुकोसमेत उपस्थिति थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्से तुङको १२९औँ जन्मजयन्तीका अवसरमा महाधिवेशनको उद्घाटन गरिएको हो । अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको तस्विरमा माल्यापर्ण गर्नुभयो । यस्तै, उद्घाटन सत्रमा महिला समूहको पञ्चेबाजा लगायतको प्रस्तुति पनि समावेश गरिएको छ ।

प्रज्ञा भवनको हल खचाखच रहेको छ भने परिसरमा डिस्प्लेमार्फत प्रत्यक्षरुपमा हेर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनस्थलमा जनयुद्धको स्मरण गर्ने तस्विर लगायतका सामग्री प्रदर्शन गरिएको छ । यस्तै कलाकारले माओवादीको आठौँ महाविधेशनका सन्दर्भमा तयार पारिएको गीतसमेत प्रस्तुत गरेका छन् । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन भन्ने मूल नारा तय गरेको छ । यसअघि राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा परिवर्तन गरेको हो । महाधिवेशनमा देशभरबाट एक हजार ६३१ जना प्रतिनिधिको सहभागिता छ ।

सोमबार ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादीले जनाएको छ । महाधिवेशन बन्दसत्रबाट राजनीति र विधान संशोधन प्रस्ताव पारित गर्न तथा नयाँ नेतृत्व चयन गर्ने एजेण्डा रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!