रौतहटमा जन्ती बोकेको कार दुर्घटना, चारको मृत्यु, चार जना घाइते

SHARE:

काठमाडौं पुष १३ ।

 

रौतहटको गौर–चपुर सडकखण्ड अन्र्तरगत जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जन्ती बोकेर जाँदै गरेकोे भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा १६ बर्षिय सेख नौसाध, ५५ बर्षिय मारुफ मियाँ अन्सारी, २२ बार्षिय सेख सैनुल्लाह, २५ बर्षिय सेख छोटुको मृत्यु भएको छ ।

अत्यधिक गतिमा रहेको कार विजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गाडी सडकबाट तीन मिटर तल खेतमा झरेको छ । गाडीमा ८ जना यात्रु सवार थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!