चिम्खोले काईला
बेलायत – बिश्व नेपाली साहित्य संघ बेलायतको दक्षिण र पश्चिम शाखाको संयुक्त आयोजनामा सृजना बाचन गरेर नयाँ बर्ष २०२२ को शुभकामना आदनप्रदान गरेका छन। कार्यक्रममा साहित्यकार, कबि, गीतकार, संगीतकार, गायक तथा गायिकाहरुको ठुलो उपस्थिति रहेको छ।
कार्यक्रमको पहिलो चरणमा बिश्व नेपाली साहित्य संघ बेलायत दक्षिण शाखाका अध्यक्ष विजय हितान, साहित्यकारहरु चिम्खोले काईला, औतारी साईला, गङ्गा भण्डारी, सुनिता राई कन्दंवा (महासचिब बिश्व नेपाली साहित्य संघ केन्द्रिय समिति) रमेश दाहाल “अनुरागी” गोमा राना, देबी आले, जानु कामबाङ, कोमल मल्ल (अध्यक्ष नेपाली साहित्य बिकाश परिषद युके), एल एस राई (अध्यक्ष बिश्व नेपाली साहित्य संघ बेलायत पश्चिम शाखा), नानु राना, भरत लोरुङ राई, मिन बहादुर राना, लाहान चेञ्जोङ लिला सेलुङ्ग माबो, माया गुरुङ, अहिल्या कन्वार (सचिब साहित्य चौतारी), जित राना छन्त्याल, मोहन आचार्य “जलद” भरत कुमार श्रेष्ठ, बासु शर्मा (अध्यक्ष साहित्य चौतारी), अमित याक्थुम्बा “मिहान” ले आ-आफ्नो सृजना तथा रचना बाचन गरेका छन।
दोस्रो चरण पनि नया बर्षको शुभकामना आदन प्रदान र पेय पदार्थको चुस्कीसंगै पुन: साहित्यकार कबि तथा गीतकारहरु गोमा राना, जानु कांगबाङ, चिम्खोले काईला, औतारी साईला, माया गुरुङ, नानु राना, जित बुढाथोकी छन्त्याल, एल एस राई र विजय हितानले आ-आफ्ना सृजना बचन गरेका थिए।
कार्यक्रममा माया गुरुङ र रमेश दाहालले लयमा कबिता बाचन गरेका थिए भने गोमा राना, भरत कुमार श्रेष्ठ र मिन बहादुर रानाले गीत गायका थिए । विजय हितानले कार्यक्रमको सहजीकरण गरेका थिए।






