काठमाडौं पुष १९ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष निर्वाचित भएका छन् ।
उनलाई केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको हो । उनलाई उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रवक्ता कृष्णबहादुर महराले अध्यक्षको रूपमा प्रस्ताव गरेका थिए । केन्द्रीय कमिटीको हलले उनलाई निर्विरोध निर्वाचित गरेको हो ।
अहिले अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गरिरहेका छन् । निरन्तर ०४४ सालदेखि माओवादीको नेतृत्व गरिरहेका प्रचण्ड कम्तीमा अबको पाँच वर्षका लागि केन्द्रीय अध्यक्ष बनेका हुन् ।






