काठमाडौं पुष २० ।

गैरआवासीय नेपाली पत्रकार महासंघ (एफएनएनजे) को अन्तर्राष्ट्रिय समिति विस्तार भएको छ ।
महासंघका अध्यक्ष भगिरथ योगीको अध्यक्षतामा गत जनवरी १ मा बसेको बैठकले कार्यसमिति विस्तार गरेको हो । बैठकले डायस्पोरामा सक्रिय पत्रकारहरु मध्येहरुबाट महासंघको अन्तर्राष्ट्रिय कार्य समितिमा मनोनयन गरिएको छ ।
महासंघको भर्चुअल बैठकद्वारा मनोनीत गरिएका पत्रकारहरुमा सचिवमा मन्दिप केसी, केन्द्रीय सदस्यहरुमा भोला लामिछान, शैलेश पोख्रेल, मणि थेवे, सरु सरस्वती शर्मा, बसन्त कार्की, दिपजंग शाह, राजु आचार्य र सन्तोष क्षेत्री रहेका छन ।
बैठकले दुई साता भित्र महासंघको विधानलाई अन्तिम रुप दिने निर्णय गरेको छ । महासंघ वरिष्ठ उपाध्यक्ष तोया दाहालले बैठकमा विधानको मस्यौदा प्रस्तुत गरेका थिए । साथै बैठकले विदेशस्थित नेपाली पत्रकारहरुलाई समेटे्र छिट्टै शाखाहरु विस्तार गर्ने महासचिव कृष्ण केसीले बताए । उनका अनुसार डायस्पोरामा रहेर सकृय पत्रकारिता गरिरहेका जोसुकैले महासंघको सदस्यता लिन सक्ने प्रावधानसहितको विधान आउनेछ ।
गैरआवासीय नेपाली पत्रकार महासंघ कार्यसमिति
अध्यक्ष भगरिरथ योगी (बेलायत)
वरिष्ठ उपाध्यक्ष तोया दाहाल (अमेरिका)
उपाध्यक्ष श्याम लुइँटेल (बेलायत)
महासचिव कृष्ण के सी (अमेरिका)
सचिव छत्र शंकर (अष्ट्रेलिया)
सचिव खगराज गौतम (जापान)
सचिव अनुजा बुढाथोकी (साउदी अरब)
सचिव मन्दिप के सी (बेलायत)
कोषाध्यक्ष (पछि मनोनयन गर्ने)
सहकोषाध्यक्ष (महेश कुमार खाती डेनमार्क)
प्रवक्ता पछि मनोनयन गर्ने
केन्द्रिय सदस्य भोला लामिछान (स्पेन)
केन्द्रिय सदस्य शैलेश पोख्रेल (अमेरिका)
केन्द्रिय सदस्य मणि थेवे (अष्ट्रिया)
केन्द्रिय सदस्य दिपजंग शाह (कतार)
केन्द्रिय सदस्य सरु शर्मा (अमेरिका)
केन्द्रिय सदस्य बसन्त कार्की (क्यानाडा)
केन्द्रिय सदस्य राजु आचार्य (अमेरिका)
केन्द्रिय सदस्य सन्तोष क्षेत्री (कतार)






