सहारा यूकेको सातौं कार्यसमितिको पहिलो बैठक सम्पन्‍न

SHARE:

लन्डन जनवरी ४ । सहारा यूकेको सातौं कार्यसमितिको पहिलो बैठक सम्पन्‍न भएको छ ।

सहारा यूकेका अध्यक्ष ले रि कुसाङ गुरुङको अध्यक्षतामा सोमबार ३ जनवरी २०२२ का दिन बैठक बसेको हो । बैठकमा सन् २०२२ को सम्भावित कार्यक्रम, पोखरामा हुने २०औं आहा रारा गोल्डकपमा सहाराका सदस्यहरुको सहभागितालगायत विषयमा छलफल भएको अध्यक्ष कुसाङ गुरुङले जानकारी दिए । उनका अनुसार आहा रारामा सहभागी हुने सदस्यहरुको विषयमा पूर्ण विवरण प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा कार्यसमितिका सदस्यहरुलाई अध्यक्ष ले रि कुसाङ गुरुङ र उपाध्यक्ष कृष्ण गुरुङले स्वागत गरेका थिए । बैठकमा स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण गुरुङले दिएका थिए । बैठकको निष्कर्ष सुनाउँदै अध्यक्ष ले.रि कुसाङ गुरुङले बैठक समापन गरेका थिए ।

आगामी बैठकमा विस्तृत एजेन्डामाथि छलफल गर्ने पनि पदाधिकारी र सदस्यहरु सहमत भएका छन् । बैठक हल र खाजाको संयोजन कोषाध्यक्ष कुमार थापा र कार्यसमिति सदस्य शम्शेर गुरुङले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!