जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन

SHARE:

काठमाडौं पुष २१ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् ।

बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा संयुक्त बैठक आह्वान गरी प्रधानमन्त्री देउवाले देश र जनताले अपेक्षा गरेअनुसार काम गर्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका हुन् । उनले देशको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए।

प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निम्ति पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई सचेत गराउनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीले भने, ‘प्रधानमन्त्री देउवाले देशको विकास र सरकारले जनतालाई दिनुपर्ने सेवा–सुविधालाई तीव्रताका साथ अगाडि बढाउन, जनताको जीवन रक्षाका निमित्त चनाखो हुन र विकासका कामलाई पनि तीव्रताका साथ अगाडि बढाउन सबै मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिए ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जन सेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!