बेलायत आउनु अगाडी पिसिआर टेष्ट अनिवार्य गर्नुपर्ने नियम हटाइने

SHARE:

लण्डन पुष २२ ।

कोरोना विरुद्धको खोप लगाएका व्यक्तिले बेलायत आउनुअघि पिसिआर टेष्ट अनिवार्य गर्नुपर्ने नियम हटाइने भएको हो ।

बेलायत सरकारले देश भित्रिने यात्रुहरुको लागि गर्दै आएको कडाइलाई थप खुकुलो पार्दै यही शुक्रबारदेखि सो हटाउने भएको हो । प्रधानमन्त्री बोरिस जोन्सनले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको बिस्तारसंगै लागू नियम अहिले सहि समयमा पुनरावलोकन गरिएको जनाएका छन् । त्यस्तै, अबदेखि बेलायत आएको दोस्रो दिनमा गर्नुपर्ने पिसिआर टेष्ट पनि अनिवार्य नरहने भएको छ ।

पूर्ण रुपमा खोप लगाउनेहरुले अब बेलायत आएर आइसोलेसन बस्नु पनि नपर्ने भएको छ। यसअघि बेलायत आइपुगेको दोस्रो दिनको पिसिआर टेष्टको नेगेटिभ नतिजा नआएसम्म पर्खिनुपर्ने हुन्थ्यो।

बेलायतले घोषणा गरेको नयाँ लचकतासंगै अब बेलायत भित्रिने र बेलायतबाट बाहिरिने यात्रुहरुको संख्या उल्लेख्य रुपमा बढ्ने अनुमान गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!