बिश्व नेपाली साहित्य महासंघको १७ औं सृजना बाचन कार्यक्रम सम्पन्न

SHARE:

चिम्खोले काईला

बेलायत – बिश्व नेपाली साहित्य महासंघको १७ औं सृजना बाचन कार्यक्रम जुममार्फत सम्पन्न भएको छ। कार्यक्रममा बिषय नेपाली साहित्य महासंघको “म्यान्मा-थाइ” नव गठित शाखा तथा समन्नय समितिका अध्यक्ष मोहनराज खनाललगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन भने दिबंगत आत्माहरुको चिरशान्तिको कामना पनि गरिएको छ । कार्यक्रममा बिश्व नेपाली साहित्य महासंघ बेलायत, इजराइल, भारत, नेपाल, अमेरिका, ताइवान, रसिया, म्यान्मालगायत बिश्व भरिका साहित्यकारहरुले उपस्थिति जनाउनु भएको छ।

कार्यक्रममा साहित्यकारहरु सुनिता राई कन्दवा, रिता देबी प्रधान, कपिल अधिकारी, निर्मल खराल, मोहनराज, सुरेद्र लिम्बु ‘प्रदेशी’, गीता भण्डारी, डेबिका राइ मगराती, कृष्ण प्रसाद गौतम, भिदु कायष्ठ, मोहननाथ ढकाल, चिम्खोले काईला, भिम पाण्डे, कबिता आले, राहुल राई, डा.नाजसिङ, भीमा थापा, रेखा पन्त, सिन्धु, सुरेशजंग शाही, तिलक पोख्रेल, अमित थेबे, गोबिन्द प्रसाद गौतम, कल्पना पौडेल, देन्जोम साम्पाङ, राज पौडेल, मनिता तामाङ, रित निरौला, डा. भिम खतिवडाले आ-आफ्नो सृजना बाचन गरेका थिए।

कार्यक्रममा डा नाज सिङ्ग ज्युको जन्मदिन परेकोले संस्थाका अध्यक्ष सुरेन्द्र लिम्बु ‘प्रदेशी’ ज्युले जन्म दिनको शुभकामना दिदै नयाँ कृति प्रकाशित गरेका तथा नयाँ शाखा ‘म्यान्मा थाई’ का अध्यक्ष मोहनराजज्युलाई हार्दिक धन्यवाद दिएका थिए।

बिश्व नेपाली साहित्य महासंघका महासचिब सुनिता राई कन्दवाज्युले संचालन गर्नु भएको कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्र लिम्बुज्युले अध्यक्षता गर्नु भएको थियो भने प्रमुख अतिथिमा बरिष्ठ गायिका तथा प्रज्ञा कबिता आलेज्युले आतिथ्य गर्नु भएको थियो। कार्यक्रममा साहित्य चौतारी नेपाल शाखाका अध्यक्ष गीता भण्डारी, नेपाली साहित्य परिषद बेलायतका निबर्तमान अध्यक्ष तथा बरिष्ठ साहित्यकार सुरेशजंग शाहीलगायत बिश्व नेपाली साहित्य महासंघ बिभिन्न देशहरुका अध्यक्षहरुको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!