
लन्डन ७ जनवरी । दोलखा जिल्ला जिरीस्थित ऐतिहासिक बुद्विष्ट गुम्बा, श्री कुनसल थोङड्रोल लिङ गुम्बा पुनर्निर्माणका लागि समाजसेवी अन्तिम तमुस्योले चलाएको सहयोग अभियान ५ दिन थप भएको छ ।
कार्यव्यस्तता र अपडेट गर्न बाँकी रहेको भन्दै अन्तिमले बिहीबार थप ५ दिन समय उपलब्ध गराएकी हुन् । अंग्रेजी नयाँ वर्षदेखि सुरु भएको १० दिनको अभियानमा जोडिने सम्पूर्ण इष्टमित्र तथा शुभचिन्तकहरुलाई धन्यवाद दिँदै बीसीसी लन्डन ब्रान्चकी निवर्तमान अध्यक्ष तमस्योले भनेकी छन्, ‘कार्यव्यस्तता र निकै अपडेट बाँकी रहेको हुँदा ५ दिन थप गर्न जाँदैछु र यहाँहरू कसैलाई पून्यदानमा सहभागी बन्ने इच्छुक हुनुहुन्छ भने कृपया अप्ठ्यरो नमानी दिनु होला । विशुद्ध मनले गरेको १ पाउन्डको दानले अनगिन्ती पून्यलाभ गर्नु हुनेछ ।’
समाजसेवी गुरुङले १० दिनमा सहयोग गर्नेहरुको अपडेट दिएअनुसार २ हजार ३ सय भन्दा बढी पाउन्ड संकलन भएको छ । जसमा ५० देखि ३१५ पाउन्डसम्म दान दिएका छन् ।
प्रारम्भिक नामावली
टेक तथा गुना गुरुङ ३१५
किरण गुरुङ -३१५
पूर्ण एन्ड टुक गुरुङ – २०२
सञ्जय तथा राधा गुरुङ २००
निम्रिता तथा लाक्पा शेर्पा – १२२ पाउन्ड
सिर्जना गुरुङ -१२२
किसन तथा बुद्ध गुरुङ – १०५
सलिना सुब्बा शेर्पा – १०१
टासी शेर्पा – १०१
राज एन्ड मञ्जु गुरुङ -१०१
भोज तथा ज्ञानु गुरुङ – १०१
लेरि कुसाङ तथा पञ्च गुरुङ – १०१
लेख तथा नइन्द्र तामाङ – १०१
लेख तथा दिपा गुरुङ – १०१
कमल तथा पुनम गुरुङ – १०१
धन तथा प्रतिमा गुरुङ – १०१
देवकाजी एन्ड जयन्ती गुरुङ – ५०
अन्तिम तमुस्योको अभियानका क्रममा लेखिएको स्टाटस् जस्ताको तस्तै
अंग्रेजी नयाँ बर्षको शुरूवात, पून्य संभार संचय गर्ने सुवर्ण अवशर Happy New Year 2022
जुन श्रदेय धर्म गुरु बुम्ला ङवाङ शेरब रिन्पोछे ज्यूको निर्देशन र खेनरिन्पोछे Sonam Wangel ज्यूको प्रमुखता साथै Tulku Jigme Samten Rinpoche ज्यूको निगरानिमा २२ जना बिधार्थिहरू परम्पारगत बौद्ध शिक्षा अन्तर्गत अध्ययन एवं आध्यात्मिक ज्ञानको विकास तथा संरक्षण गर्दै आई रहनु भएको छ भने २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बन्न पुग्योको गुम्बा जुन आर्थिक अभावको कारण पुननिर्माण गर्ने योजना हुदा हुदै पनि निर्माण कार्य अगाडि बढाउन नसकिएको हुदा आजको दिन सम्म पनि जस्ता/टिनको छत द्वारा निर्मित अस्थाई पूजा सभा गृह , कक्षा तथा भान्शा घर बनाई दुख सुख आध्यात्मिक जिवान यापन गर्दै आई रहेको अवस्थामा रिन्पोछे गुरू लगायत केहि बुद्व धर्म प्रेमि तथा शुभ चिन्तक ज्यूहरूको सहयोगबाट छिट्टै पुन निर्माणको कार्य अगाडि बढाउने योजना रहेको हुदा यस महा पून्य कार्यलाई सफल पार्न स्वइच्छाले सहभागि बनि कर्म शुद्व गर्ने अवसरमा यहाहरू सम्पूर्णलाई स्वगत गर्दछु 🙏🏽।
यस अभियान मात्र १० दिन संचालन हुनेछ यदि बिस्तृत रूपमा बुझ्न या हातेमालो गर्न इच्छुक हुनु हुन्छ भने कृपया Inbox गर्नु होला । जय बुद्व ।
मंगल होस् हामी सबैको ॥






