ओमिक्रोनको संक्रमणबाट सृजित स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न बेलायतमा सेना परिचालन

SHARE:

लण्डन पुष २३ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट सृजित स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न बेलायतमा सेना परिचालन गरिएको छ ।

लण्डनका अस्पतालहरुमा सेनाका स्वास्थ्यकर्मी तथा अन्य सैनिकहरुले तीन साताका लागि जिम्मेवारी लिने छन् । लण्डनमा ४० सैनिक स्वास्थ्यकर्मी र १६० सैनिकहरु परिचालन गरिएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसबाट लण्डनमा देखिएको स्वास्थ्यकर्मी र कर्मचारी अभावमा सहयोग पुग्ने विश्वास लिएको छ ।

इङल्याण्डमा ओमिक्रोनको संक्रमणका कारण कर्मचारी र स्वास्थ्यकर्मीहरु अस्वस्थ बनेपछि अस्पतालहरुमा बिरामीको उपचारमा गम्भीर स‌ंकट देखिएको छ । इङल्याण्डका १७ वटा अस्पतालले विहीबार यस्तो संकट ब्यहोरिरहेको बताएका छन् । कोरोना महामारीका बेला यसअघि पनि बेलायतका लण्डनलगायत विभिन्न भागमा सेना परिचालन गरिएको थियो ।

रक्षा मन्त्री बेन वालेसले सेनाको ४० वटा पाँच जनाको टीम रहने र आवश्यकताअनुसार विभिन्न स्थानमा खटिने जानकारी दिएका छन् । हरेक टीममा एक जना स्वास्थ्यकर्मी रहने छन् भने बाँकी सैनिकहरु । सैनिक स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्नेछन् भने बाँकी सैनिकहरुले बिरामीको आगमन र दर्तामा सहयोग गर्ने, सामानहरुको स्टक मिलाउने लगायतका काम गर्नेछन् ।

बेलायतभर अहिले करिब १ हजार ८०० सेना एनएचएसलाई सहयोग गर्न खटिएको मन्त्रालयले जनाएको छ । जसमा ४०० भन्दा बढी पारामेडिक्स छन् भने कोरोना खोप अभियानमा १ हजार भन्दा बढी सेना खटिएका छन् । बेलायती सेनाको यस कार्यको बेलायतका जनता र स्वास्थ्यकर्मीले प्रसंशा गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!