नेपाल पत्रकार महासंघ युकेद्वारा प्रेस रिलिज लेखन कार्यशाला गोष्टि सम्पन्न

SHARE:

बेलायत – सनिवार ८ जनवरी २०२२ को दिन नेपाल पत्रकार महासंघ युकेले ‘प्रेस रिलिज’ तथा लेखन सम्बन्धि कार्यशाला गोष्टि जुमद्वारा सपन्न गरेको छ।

कार्यशाला गोष्टिमा बेलायतमा रहेका दर्जनौं संघ संस्थाका अध्यक्षहरु, मिडिया संयोजकहरु तथा प्रतिनिधिहरु र नेपाल पत्रकार महासंघ युकेका पुर्ब अध्यक्षहरु, सल्लाहकारहरु तथा कार्यसमितिहरुको बाख्लो उपस्थिति रहेको थियो। उक्त ‘प्रेस रिलिज’ तथा लेखन सम्बन्धि कार्यशाला गोष्टिको प्रशिक्षण नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष तथा बरिष्ठ पत्रकार नरेश खपांगीले दिएका थिए। खपांगीले कार्यशाला गोष्टिमा बिशेष गरि प्रेस रिलिज भनेको के हो? किन लेखिन्छ? लेखनको लागि आधारभूत नियमहरुको बारेमा पावर पोइन्टद्वारा प्रिजेन्टेसन दिएका थिए। प्रिजेन्टेसन गरेपश्चात जिज्ञासुहरुद्वारा उठाएका जिज्ञासाहरुको सहजीकरण पनि खपांगीले गरेका थिए।

नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुबराज अर्यालको अध्यक्षतामा संचालित ‘प्रेस रिलिज’ तथा लेखन सम्बन्धि कार्यशाला गोष्टिलाई संस्थाका महासचिब नरेन्द्र बस्नेतले संचालन गरेका थिए। गोष्टिमा आमन्त्रित सम्पूर्ण उपस्थित सपूर्ण बिभिन्न संघ संस्थाका अध्यक्षहरु, मिडिया संयोजकहरु, प्रतिनिधिहरुलगायत संस्थाका पुर्ब अध्यक्षहरु, सल्लाहकारहरु तथा कार्यसमितिहरुलाई अध्यक्ष ध्रुबराज अर्यालले स्वागत तथा धन्यवाद दिएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!