देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सीसीएमसीको निर्णय

SHARE:

काठमाडौं पुष २५ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सीसीएमसीको आइतबार बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सोमबार देखि नै लागू हुने गरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको उनले जानकारी दिइन् । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको उनले बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!