भारतमा एकेदिन १ लाख ६७ हजार कोरोना संक्रमित थपिए

SHARE:

एजेन्सी पुष २७ ।

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

६९ हजार ७ सय ९८ संक्रमित निको भएका भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप २ सय ७७ जनाको मृत्यु भएको छ । सोमबारभन्दा मंगलबार ९७ हजार ४ सय ७५ संक्रमित थपिएका हुन् । आठदिन अघि यो आँकडा एकलाख मात्र थियो । पाँचदिनदेखि भारतमा संक्रमित संख्या १ लाखभन्दा माथि छ ।

राजधानी दिल्लीमा सबै निजी कार्यालय र रेष्टुरेन्ट बन्द गर्न आदेश दिइएको छ । मानिसलाई घरबाट काम गर्न अनुमति दिइएको छ । दिल्लीको अस्पतालका २ हजार शय्या पूरै भरिएका छन् भने बाँकी होम आइसोलेशनमा छन् । मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमितलाई योग कक्षा सुरु गर्न निर्देशन दिएका छन् ।

योगले रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै संक्रमितलाई योग कक्षाका वेब–लिंक पठाइने केजरीवालले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!