काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक

SHARE:

काठमाडौं पुष २७ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मङ्गलवार बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिम घटाउन आज राति १२ बजेदेखि लागू हुने गरी राजनीतिक भेला र मेला, महोत्सव गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौं ले जारी गरेको आदेशमा उल्लेख छ । सभा, सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।

यस्तै आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको निर्णय कार्यान्यन गर्ने पनि बैठकले निर्णय गरेको छ । भौतिक उपस्थितिमा पठनपाठन रोक्ने आदेशमा उल्लेख छ । पूर्वनिर्धारित परीक्षा भने स्वास्थ्य मापदण्ड पालना हुने गरी सञ्चालन गर्न पाइने छ ।

माघ ७ गतेदेखि कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रामा, पार्कमा प्रवेश गर्दा खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । अर्को सूचना नभएसम्मका लागि यो आदेश लागू हुने विज्ञप्तिमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!