बेलायतवासी नेपालीको लगानी रहेको सोलार फार्मको पहिलो वार्षिक साधारणसभा

SHARE:

लन्डन १२ जनवरी । बेलायतका नेपाली व्यवसायीहरुको लगानी रहेको नेपालस्थित सोलार फार्म प्राइभेट लिमिटेडको पहिलो साधारणसभा सम्पन्न भएको छ ।

तनहुँ जिल्लाको शुक्लागण्डकी, बेलचौतारास्थित नेपालकै पहिलो सोलार फार्मले शनिबार स्थानीय तमु समाजको हलमा आफ्नो पहिलो साधारणसभा गरेको हो । फार्मका संस्थापक अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभामा फार्मका कर्मचारी, पदाधिकारीहरु, निर्देशकहरु र करिब ४५ जना सेयर सदस्यहरुको उपस्थिति थियो ।

सोलार फार्मका सचिव राजन पाठकले सञ्चालन गरेको साधारणसभामा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि सहभागीहरुले छलफल गरेका थिए । सञ्चालक समिति अध्यक्ष मोहन गुरुङको प्रतिवेदनपछि आर्थिक प्रतिवेदन, कम्पनीको अधिकृत पूँजी र चुक्ता पूँजीको अनुमोदन, लेखा परिक्षकको नियुक्ति र परिश्रमिक, कम्पनीलाई खुला अव्हान (आईपिओ) अनुरुप प्राइभेट लिमिटेड कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण आदिबारे छलफल गर्दै अनुमोदन गरिएको थियो।

त्यसअवसरमा सम्बोधन गर्दै अध्यक्ष गुरुङले सोलार फार्मले अहिले पाँच मेगावट बराबरको उर्जा उत्पादन गरेर नेपालकै पहिलो सोलार बिजुली उत्पादन गर्ने फार्म बनेको बताए । अर्को वर्षको बजेट रिपोर्टमा सेयर सदस्यहरुमाझ नाफा बाँडने भन्दै उनले सबैलाई ढुक्क हुन आग्रह गरे । वार्षिक साधारण सभामा सहभागीहरुलाई धन्यवाद दिंदै अध्यक्ष गुरुङले सेयर होल्डरहरु सबैलाई प्रमाणपत्र वितरण गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!