नेपालको आर्थिक वृद्धि दर ३ दशमलव ९ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

SHARE:

काठमाडौं पुष २८ ।

चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ ।

विश्व बैंकले विश्वव्यापी आर्थिक सम्भावनाु शीर्षकमा हिजो बुधवार निकालेको एक प्रतिवेदनमा सन् २०२२-२३ मा नेपालको आर्थिक वृद्धि दर ३ दशमलव ९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालु आवमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो ।

कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एसियाका उदीयमान र विकासशील अर्थतन्त्र फेरि मन्दितर्फ उन्मुख भएका प्रतिवेदनले औँल्याएको छ । महामारीभन्दा अघिको अवस्थामा फर्कने क्रममा रहेका केही दक्षिण एसियाली देशको अर्थतन्त्र कोभिड–१९ को अर्को लहरले प्रभावित हुने जोखिम बढाएको जनाइएको छ ।

सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्व अर्थतन्त्रमा विशाल आर्थिक क्षति पुगेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्व अर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!