नेपालको कुल जनसङ्ख्याको आधाभन्दा धेरैले कोरोना विरुद्धको खोप लगाए

SHARE:

काठमाडौं पुष २८ ।

नेपालको कुल जनसङ्ख्याको आधाभन्दा धेरैले कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कम्तीमा पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ५३ लाख ३० हजार ४६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो नेपालको कुल जनसङ्ख्या तीन करोड तीन लाख ७८ हजारको ५० दशमलव ५ प्रतिशत हो ।

यस्तै कुल जनसङ्ख्याको ३७ दशलमव आठ प्रतिशत अर्थात् एक करोड १४ लाख ६९ हजार जनाले पूर्ण मात्रा खोप लगाएका छन् । तर लक्षित जनसङ्ख्यामा भने ७६ दशमलव ५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् । सरकारले खोप अभियान सुरु गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसङ्ख्यामा राखेको थियो ।

मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय २७ मात्रा खोप भित्रिएको छ । यसमध्ये दुई करोड ६७ लाख ९९ हजार सात सय २४ मात्रा खोप प्रयोग भइकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!