कोरोना महामारीका बीच गरिएको पार्टीप्रति बेलायती प्रधानमन्त्री जोनसनले माफी मागे

SHARE:

लण्डन पुष २९ ।

बेलायतमा पहिलो लकडाउनको समयमा कार्यालयभित्रै भोज आयोजना गरेको तथ्य बाहिरिएपछि प्रधानमन्त्री बोरिस जोनसनले माफी मागेका छन् ।

सन् २०२० को मे मा कोरोना महामारी र प्रतिबन्धका विच पार्टीप्रति उनले माफी मागेका हुन् । ‘प्रधानमन्त्रीसँग प्रश्न’ कार्यक्रममा जोनसनले रक्सी पार्टीलाई लिएर माफी मागेका हुन् । उनले महामारीमा करोडौँ मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको पनि उल्लेख गरे । नियम बनाउनेले नै निमयको उचित रूपमा पालन नगरेको स्वीकार गर्दै प्रधानमन्त्री जोनसनले घटनाको जिम्मेवारी आफूले लिने बताएका हुन् ।

घटनाबारे भइरहेको जाँचको निष्कर्षबारे यसै भन्न नसक्ने तर आफूले घटनाको जिम्मेवारी लिने उनको भनाइ छ । विपक्षीहरूले भने यस्तो घटनामा माफी मागेर नपुग्ने भन्दै उनले राजीनामा दिनुपर्ने बताएका छन । बेलायतमा विगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो ।

प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा जाँच भइरहेको बताएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!