तमुधिं यूकेको कार्यसमितिलाई नेपालमा सम्मान

SHARE:

लन्डन । तमुधिं यूकेको कार्यसमितिलाई नेपालमा सम्मान गरिएको छ ।

तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्ले काठमाडौंमा बिहीबार साँझ एक कार्यक्रमबीच तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, आमा अध्यक्ष मञ्जु सीता गुरुङलगायत कार्यसमितिका सबै पदाधिकारीलाई सम्मान गरेको हो । परिषद्को तर्फबाट अध्यक्ष रेशम गुरुङले अध्यक्षहरु हित काजी गुरुङ र मञ्जु गुरुङलाई खादा, फेटा लगायतले प्रदान गरी सम्मान गर्नुभएको थियो ।

त्यस क्रममा गुरुङ कलाकार संघले पनि बिहीबार नै बेलायतबाट नेपाल आइपुगेका तमुधिंका कार्यसमिति र अन्य पाहुनाहरुलाई स्वागत र सम्मान गरेको छ ।

स्वागत तथा सम्मान कार्यक्रममा तमुयूकेका उपाध्यक्ष उपाध्यक्ष हरि गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र (सुर्य) गुरुङ, मिनबहादुर गुरुङ, सल्लाहकारहरु एकेन्द्र गुरुङ, सहारा यूके अध्यक्ष लेरि कुसाङ गुरुङ, निवर्तमान अध्यक्ष कुमार गुरुङ, तमु धिं लन्डन इकाइकी डिलमाया गुरुङलगायत उपस्थिति थियो ।

त्यस्तै कलाकारहरु शर्मिला गुरुङ, दुर्गा गुरुङ, गणेश गुरुङ, राजन गुरुङ, पवित्र गुरुङ, राजु गुरुङ, मञ्जु गुरुङ लगायत सहभागी थिए । तमु कलाकारहरुको जमघटमा साँझ केहीबेर नाचगान गरिएको थियो ।

तमुधिं यूकेको टोली, सहारा यूके परिवार नेपालको विभिन्न ऐतिहासिक तथा पर्यटकीय ठाउँहरूको अवलोकन गर्ने, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसँग भेटघाट तथा संस्थागत रुपमा सुमधुर सम्बन्ध कायम राख्न औपाचारिक बैठकहरु तर्जुमा गर्न र सहारा पोखराद्वारा आयोजित आहा रारा गोल्डकपमा सहभागी हुन नेपाल पुगेको हो । टोलीलाई एनआरएनएका अध्यक्षका प्रत्यासी कुल आचार्यबाट स्वागत गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!