अफगानिस्तानका दशौं लाख मानिस मृत्युको मुखमा पुगेको संयुक्त राष्ट्रसंघको चेतावनी

SHARE:

एजेन्सी पुष ३० ।

अफगानिस्तानका दशौं लाख सर्वसाधारण मृत्युको मुखमा पुगेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको आर्थिक संकटले दशौं लाखको ज्यान लिने अवस्था आउने चेतावनी दिएका हुन् । राष्ट्रसंघको ५ अर्ब डलरको मानवीय सहायता कोषमा सहयोग गर्न विश्व समुदायलाई अपिल गर्दै उहाँले अफगानिस्तानको रोक्का गरिएका खाताहरु फुकुवा गर्न विश्व बैंक, आइएमएफलगायतलाई आग्रह पनि गरेका छन् ।

अत्यधिक चिसो र सम्पतिविहिन अवस्था अफगान जनताका लागि कहालिलाग्दो भएको पनि महासचिव गुटेरसको भनाइ छ । दाताको सहयोगमा टिक्दै आएको अफगानिस्तानको अर्थतन्त्र तालिवानले सत्ता कब्जा गरेपछि झन् झन् अधोगतिमा रहेको छ । त्यसमाथि तालिवानको शासनलाई चुनौति दिन अमेरिकालगायत विश्व समुदायले अफगानिस्तानको सम्पति र खाता रोकेकाले अर्थतन्त्र चरम संकटमा फसेको छ ।

अमेरिकाले मात्रै अफगानिस्तानको ७ अर्ब डलर रोकिदिएको छ । त्यहाँ अस्पतालका चिकित्सक, सेना, पुलिस र सरकारी कर्मचारीले समेत तलब पाईरहेका छैनन् । राष्ट्रसंघका महासचिव गुटेरसले ८७ लाख अफगानीहरु अहिले पनि दुई छाक नपाउने अवस्थामा रहेको भन्दै त्यहाँको अर्थतन्त्रका लागि आवश्यक तरलता तत्काल उपलब्ध नगराउने हो भने अवस्था भयावह हुने चेतावनी पनि दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!