तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ नेतृत्वको टोली लमजुङ भ्रमणमा

SHARE:

काठमाडौं १७ जनवरी । तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ नेतृत्वको टोली भ्रमणका लागि सोमबार लमजुङ पुगेको छ ।

सोमबार बिहान बेलायत र नेपालका सहित ३६ जनाको नेतृत्व गर्दै गुरुङ नेतृत्वको टोली करापु हुँदै साँझ गिलुङ पुगेको हो । मंगलबार बिहान गिलुङ अवलोकन भ्रमण गरेर पसगाउँ जाने योजना रहेको तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङले जानकारी दिए । उनका अनुसार तीन दिने भ्रमण टोलीलाई करापु र गिलुङमा पञ्चेबाजा र गुरुङ समुदायमा प्रचलित घाटु नाच लगायतबाट भव्य स्वागत गरिएको छ ।

आफ्नो गाउँमा आएका पाहुनालाई खादा, माला, टिका लगायतबाट स्थानीय महिला र पुरुषले स्वागत गरेका छन् । स्वागत कार्यक्रममा बोल्दै तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ र सल्लाहकार एकेन्द्र गुरुङले आफ्नो जातीय समुदायको बाक्लो बसोबास रहेको गाउँको अवलोकन भ्रमण गर्न पाउँदा खुसी लागेको र स्वागतका लागि धन्यवादसमेत व्यक्त गरे ।

अध्यक्ष गुरुङले भने, ‘स्वागतका लागि धन्यवाद ! ऐतिहासिक ठाउँमा घुम्न आएका हौ । राम्रो लाग्यो ।’

भ्रमण टोली तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, पूर्वअध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, सल्लाहकारहरु लोक गुरुङ, चन्द्रमान गुरुङ, अमर लेम, मनोज गुरुङ, एनआरएनए बेल्जियम अध्यक्ष लाल गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं एनआरएनए युकेका सल्लाहकार मिलन तमु, नेपालका व्यवसायी विजय गुरुङ, गोर्खा ट्राभल्स यूकेका म्यानेजिङ डाइरेक्टर दिलरास थुरुङलगायत छन् ।

त्यस्तै तमुधिं यूकेकी अध्यक्ष मञ्जु सीता गुरुङ, महासचिव यशोदा गुरुङ र सहारा यूकेका उपाध्यक्ष कृष्ण गुरुङ, एफसी श्रद्धा गुरुङ, भोज गुरुङलगायत रहेका छन् ।

भ्रमणमा सहभागीहरु सबै कोरोना टेस्ट गरे नेगेटिभ रिपोर्ट आएकाहरु मात्रै छन् । डिलमाया गुरुङ र मुछेत्र गुरुङको रिपोर्ट भने पोजिटिभ भएकोले उनीहरु आइसोलेसनमा बसेका छन् । भ्रमणका क्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको छ । भ्रमणमा प्राय:ले पीपल मोर्गेजेसले प्रायोजन गरेको मास्क प्रयोग गरेको देखिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!