लाइबेरियाको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २९ जनाको मृत्यु

SHARE:

एजेन्सी माघ ६ ।

लाइबेरियाको राजधानी मोनरोभियाको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ११ जना बालबालिका सहित २९ जनाको मृत्यु भएको छ ।

बिहीबार मोनरोभियाको उत्तरी भागमा रहेको न्यू क्रु टाउनको फुटबल मैदानमा भएको कार्यक्रममा भागदौड मच्चिएको अधिकारीहरुले जनाएका छन् ।
भागदौडमा थुपै्र घाईते भएका कारण मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । क्रिस्चियन प्रार्थना सभामा मारिनेहरूमा बालबालिका पनि रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भागदौडको कारण भने खुल्न सकेको छैन । यद्यपी, केही मानिस हातहतियार बोकेर प्राथना गरिरहेका माथि आक्रमण गर्न थालेपछि भागदौड मच्चीएको बताइएको छ । त्यसमध्यका एक जनालाई पक्राउ गरिएको छ । अफ्रिकाको सबैभन्दा पुरानो गणतन्त्र मुलुक लाइबेरियामा पछिल्ला वर्षमा हिंसात्मक गतिविधि गराउने गिरोहको संख्या बढ्दै गएको छ।

सन् १९८९ देखि २००३ को बीचमा चर्किएको गृहयुद्धका कारण लाईबेरियाको अर्थतन्त्र ओरालो लागेसंगै लाखौँ मानिस गरीबीको चपेटामा परेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!