धर्मकाया बुद्ध मण्डलाद्वारा बेलायत र अमेरिकाका भूमि दाताहरुलाई स्वागत

SHARE:

आकाश गुरुङ
पोखरा, ६ माघ । पोखरा महानगरपालिका ११ काहुँडाडास्थित धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले मण्डला निर्माणका लागि भूमिदान गर्ने दाताहरुलाई बिहीबार स्वागत सम्मान गरेको छ ।

पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धनको केन्द्रको रुपमा विकास गर्न काँहुडाँडामा निर्माण गरिने मण्डलाका लागि भूमिदानका लागि सहयोग गर्ने तमुधिं यूकेको टोली, सहारा यूके, बगरभाई खलक यूके, स्याङ्जाली समाज यूके, सिक्लेस पार्चे समाज यूके, कोल्मा बहाकोट समाज यूके, कस्केली समाज अमेरिका, गोर्खा स्मृति स्मारक लगायतका संस्थागत अगुवाहरुसहितका सहयोग दाताहरुलाई स्वागत सम्मान गरेको हो ।

विदेशबाट घरबिदाको अवसरमा नेपाल आगमनको क्रममा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष रुद्रकुमारी गुरुङ मैना, उपाध्यक्ष भरतराज शाक्य लगायतले सहयोग दाताहरुलाई खादा लगाएर स्वागत गरेका हुन् । कार्यक्रममा धर्मकाया बुद्ध मण्डला निर्माणका लागि हालसम्म भएका गतिविधि, पहल र आगामी योजनाका बारेमा सचिव पूर्ण लामा ह्योल्मोले विस्तृत जानकारी गराएका थिए।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले धर्मकाया बुद्ध मण्डला निर्माणका लागि आफूहरु सधैं सहयोग गर्न तत्पर रहेको बताए । पोखरा क्षेत्रको विकासका लागि अनवरत जुटिरहेको उदाहरणीय नेतृत्वका लागि विगतमा जस्तै आगामी दिनमा आफूहरुको साथ रहने भन्दै उनले भूमि दानमा सहयोग गर्न छुटेका लगायत पुण्यकार्यका लागि थप सहयोग गर्न सबैलाई आग्रहसमेत गरे ।

धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भरतराज शाक्य र संचालन सचिव पूर्ण लामा ह्योल्मोले गरेका थिए ।

उक्त अवसरमा समाजसेवीहरु मेजर कुमार गुरुङ एमभिओ/कमला गुरुङले १ लाख ५० हजार, तमु धिं यूकेका सल्लाहकार लोकबहादुर गुरुङले १ लाख ३ हजार ४२० रुपैयाँ, सहारा यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ/मिना गुरुङले १ लाख रुपैयाँ, स्याङ्जाली समाज यूकेका अध्यक्ष शारादा/सन्तोषी गुरुङले ५० हजार १००, बाबा क्या.मनबहादुर/आमा विष्णु गुरुङको नाममा कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष कृष्ण गुरुङले ५० हजार ५ रुपैयाँ, तमुधिं यूकेका सल्लाहकार एकेन्द्र गुरुङले ५० हजार रुपैयाँ मण्डला निर्माणका लागि सहयोग हस्तान्तरण गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!