तमु धिं युकेको पहलमा १५ जना विद्यार्थीका लागि अक्षयकोष रकम हस्तान्तरण

SHARE:

आकाश गुरुङ पोखरा माघ ८ ।

“उच्च शिक्षा, हाम्रो लक्ष्य” नाराका साथ स्थापिततमु साँस्कृतिक प्रतिष्ठान नेपालको शनिवार पोखरामा २१ औं वार्षिकोत्सव, स्रष्टा सम्मान एवम विद्यार्थी पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङले शिक्षाको क्षेत्रमा अत्यन्तै अनुकरणीय अभियानको थालनी गरेको तमु साँस्कृतिक परिवारले तमु धिं युकेलाई सहकार्यको अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै असल कार्यका लागि तमु धिंको सधै साथ रहने बताए । उनले उच्च शिक्षा हाम्रो लक्ष्यका साथ ग्रामिण भेकका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षाप्रति अग्रसर गराउने उद्देश्यसहितको प्रतिष्ठानको अभियानमा साथ दिनकै लागि तमु धिं युकेले वार्षिक क्यालेण्डरमै कार्यक्रम गरिरहेको छ, त्यसैको परिणाम यसवर्ष पनि १५ जना विद्यार्थीका लागि अक्षयकोषको रकम हस्तान्तरण गर्न सफल भएको बताए ।

कार्यक्रममा पार्वता तमु स्मृति पुरस्कारबाट कलाकार चलचित्रकर्मी ओमप्रकाश गुरुङ १० हजार नगदसहित सम्मानित, तमु भाषा र साहित्य क्षेत्रमा विशेष योगदान पुर्‍याएका लमजुङका आसबहादुर गुरुङ नगद २० हजारसहित घनबहादुर तमु स्मृति पुरस्कार, गीत संगीत क्षेत्रमा योगदान पुर्‍याएका संगीतकार सुनिल थापा १० हजार नगदसहित क्याप्टेन मिनबहादुर तमु स्मृति पुरस्कारबाट सम्मानित भए । त्यस्तै जनही १०र१० हजार रुपैयाँसहित उत्कृष्ठ आमा पुरस्कारबाट एसइइमा ४ जिपीए प्राप्त गरेका कृष्टिना गुरुङको आमा कृष्ण कुमारी गुरुङ र ४ जिपिए नै प्राप्त गरेको प्रज्वल गुरुङको आमा इन्द्रकुमारी गुरुङ सम्मानित भएका थिए ।

सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङ, प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ, अक्षयकोषदाता एवम प्रतिनिधीहरुबाट सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुको बारेमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, सल्लाहकार तेजबहादुर चाक्ली, कार्यसमिति सदस्य लोकबहादुर गुरुङ लगायतले परिचय गराएका थिए भने गण्डकी प्रज्ञा प्रतिष्ठान प्रज्ञा परिषद सदस्य प्राज्ञ सुरेन्द्र गुरुङ, प्रज्ञा सभा सदस्य जसु गुरुङलाइ पनि प्रतिष्ठानले सम्मान गरेको थियो।

कार्यक्रममा गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न तमु धिं युकेको पहलमा विभिन्न अक्षयकोषदाता व्यक्ति र संस्थागत रुपमा १५ जना विद्यार्थीका लागि अक्षयकोषको रकम १८ लाख ७५ हजार रुपैया तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङलगायत अध्यक्षकोषदाताहरुले प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो। अक्षयकोषदाताहरुलाई प्रतिष्ठानले सम्मान गरेको थियो ।

प्रतिष्ठानको अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहकार चिजकाजी गुरुङले स्वागत मन्तव्य, प्रतिष्ठानका संस्थापक एवम पुर्व अध्यक्ष, गण्डकी खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङ, तमु धिं युकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, सल्लाहकार, गीतकार संगीतकार एकेन्द्र गुरुङ, साहारा युकेका संस्थापक अध्यक्ष नबिन गुरुङ, सम्मानित स्रष्टा आसबहादुर गुरुङ, उत्कृष्ठ अंक प्राप्त गरेका प्रज्वल गुरुङ, छात्रवृत्ति प्राप्त विद्यार्थीहरुको संस्था तमु विद्यार्थी समितिको तर्फबाट हसिला गुरुङले मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त विद्यार्थीहरुको संस्था तमु विद्यार्थी समितिका कलाकारहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए भने कार्यक्रम संचालन प्रतिष्ठानका सचिव भेषराज गुरुङ, छात्रवृत्ति प्राप्त विद्यार्थीहरु नबिन गुरुङ र स्नेह गुरुङले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!