नेपाली समाज यूकेको अध्यक्षमा बसुन्धरा याक्खा राईको उम्मेद्बारी घोषणा ।

SHARE:

नेपाली समाज यूकेकी वर्तमान सह अध्यक्ष बसुन्धरा याक्खा राई समाजको अध्यक्ष पदमा उमद्धार दिने भएपछि पार्टी नेता र कार्यकर्ताहरुबीच ठूलो उत्साह जागेको छ । स्थपनादेखि सक्रिय बसुन्धराले दुई कार्यकाल समाजको उपाध्यक्ष गरेकी पार्टीभित्र निष्ठावान र इमान्दार छवि निर्माण गरेकी जुझारु नेतृ हुन । नेपाली समाज यूके जनता समाजवादी पार्टी नेपालको भातृ संगठन हो । आगामी १३ फब्रअरी दिन समाजको चौथो अधिवेशन हुने कार्यक्रम छ ।

अनेरास्ववियु विद्यार्थी राजनीतिदेखि नै सक्रिय बसुन्धरा गृहणी, लाहुरेनी, राजनीति, समाज सेवाका अनेक आयमहरु छन । लिम्बुवानको संखुवासभा, चैनपुर नगरपालिका ८ चापाभै बसुन्धराले २०४२ सालमा जिल्लाकै मादी माविबाट प्रवेशिका उर्तिण गरिन । त्येसपछि गोर्खा सैनिक खगेन्द्र याक्खा राईसंग बिवाह गरी श्रीमानसंग हङकङ गएर नयाँ जीवन,अनुभव सुरु गरिन । तीन वर्षको पल्टने जीवन पछि उनी उच्च शिक्षालाई निरन्तरता दिने क्रममा पध्मकन्या बहुमूखी क्याम्पस बागबजार काडमाण्डौबाट २०५१ मा प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरिन ।

विगत पन्द्र वर्षदेखि सपरिवार लण्डनको ह्यारोमा बस्तै आएकी बसुन्धरा किरात याक्खा छुम्मा, गोरखा भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति महासंघ, गैर आवासीय नेपाली संघ यूके, संखुवा सभा यूकेको अध्यक्ष जिम्मेवारी गरी सकेर हाल नेपाली महिलाकी वर्तमान अध्यक्ष हुन । ०४६ मा प्रजातन्त्रको पुनस्र्थपनापछि २०५२ सालमा दर्ता किरातजन्य संस्थाहरु राई, सुनुवार, लिम्बूमध्य कम संख्यामा रहेका याक्खा समुदायको प्रतिनिधित्व गर्ने बसुन्धराको सहभागी अर्थपूर्ण रह्यो ।

समाज परिवर्तनमा लागेकी बसुन्धरालाई नेपाल यूके दुवैतिर राजनीतिकबाट अलग रहन सकिनन । उनलाई राजनीतिमा परिवारबाट पूरै सहयोग छ । युवा अवस्था ०३६ झापा आन्दोलन सहभागी भएर अनेरास्वावियुमा राजनीति सुरु गरी लामो समय कम्युनिस्ट आन्दोलनमा समर्पित उनलाई पार्टी सत्तामा पुगेपछि आदिवासी जनजाति, महिला, दलित र पिछाडिएकाहरुलाई बेवास्त गरेको देखेर पछिल्लोसमय पहिचानवादी आन्दोलनमा सशक्त लागेकी हुन ।
स्थपनादेखि पार्टीमा निरन्तर नैतिक, आर्थिक, भौतिक सहयोगमा बसुन्धराको महत्पुर्ण योगदान छ । बर्षमा एकपटक कार्यालय भाडा र पार्टीले गर्ने महत्पूर्ण आन्दोलनका कार्यक्रमहरमा उहाँकै संयोजनमा सफलतापूर्वक आर्थिक संकलनहरु भएका छन । पार्टीको अनुसाशन विभागमा काम गरेकी बसुन्धराले २०७२ को अपुरो संविधान जलाउने विरोध कार्यक्रममा समेत उनको सहभागी थियो ।
स्थपना भएको दश वर्ष भएपनि पार्टीको समानुपातिक, सहभागीता र समावेसी नीति अभ्यासमा नआएकोमा उनी असुन्तुष्ट छिन । महिलाको नेतृत्वमा पार्टीलाई नमुना बनाउने उद्देश्यकासाथ बसुन्धराले पार्टीको आसन्न ऐतिहासिक चौंथो अधिवेशनमा अध्यक्ष पदमा उमद्धारी दिने घोषण गरेकी छिन ।

विश्यव्यपि कोरोना महामारीले गर्दा पार्टीले सोचेजस्तो गति लिन नसकि रहेको अवस्थामा आफू निर्वाचित भए पार्टी समायोजनका बाँकी कठिन र चुनौतिलाई कम्मर कसेर लाग्ने उनको योजना छ । पार्टीको कार्य दिशाअनुसार समावेसी, समानुपातिक, जातीय विभेद, पिछडिएका, महिला, अल्प संख्यामा रहेकाहरुको सशक्त आवाज उठाउने उनको योजना छ ।

संघीयताले शक्ति सन्तुलित बाँडफाँड गर्ने पार्टीको विचार विधानमा सिमित नराखि इमान्दारिताकासाथ सरल सहज तरिकाले यूकेदेखि आफ्नो मातृभूमी नेपालको हिमाल ,पहाड ,तराई ,मदेस,समेटि राजनीतिक आर्थिक, सामाजिक सुधार र विकासको निमित्त नेपाली समाज यूकेले साझा आवजलाई बुलन्द पार्ने र सफल बनाउने दृढ संकल्प गरी अगाडी बढ्ने उनको प्रतिवद्धता रहेको छ ।

बसुन्धरा पार्टीभित्र आफैमा संघर्षशील महिला हुन । नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता मुलुकको लागि पार्टीको नीति, दृष्टिकोण र राजनीतिक कार्यदिशालाई सफल बनाउन राजनीतिक जीवनमा प्राप्त गरेको बसुन्धराको लामो अनुभव नेपाली समाज बेलायत यूकेको लागि राम्रो अवसर हुन सक्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!