संखुवासभा सभा समाज युकेको नयां कार्यसमितिको पहिलो बैठक सम्पन्न

SHARE:

लण्डन माघ १० ।

संखुवासभा सभा समाज युकेको आठौं नयां कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।

अध्यक्ष उत्तर सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट आएका रिटायर्ड क्याप्टेन, वेलफेयर अफिसर, गीतकार, गायक, समाजसेवी पूर्ण लिम्बु प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको संचालन निर्वतमान महासचिव चित्र गोम्देनले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष हेमा गुरुङ रानाले राखेकी थिइन् । साथै उपाध्यक्ष उत्तर मगरले सुरक्षासम्बन्धी जानकारी गराएका थिए ।

सो अवसरमा २०७७ सालमा नेपाल सरकारद्वारा प्रबल जनसेवा नागरिक चौथोबाट समेत सम्मानित भएका लिम्बूलाई समाजका तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रममा कोषाध्यक्ष अमर राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने निवर्ततमान अध्यक्ष नैनासिङ गुरुङले आफ्नो कार्यकालको गतिविधिमा युकेबाट संखुवासभामा गरिएका प्रत्येक कार्यमा पूर्ण लिम्बुले सहयोग गरेको बारेमा प्रस्ट्याएका थिए ।

आफ्नो छोटो मन्तव्य राख्ने क्रममा लिम्बूले संखुवासभा समाज युकेप्रति धन्यवादका साथ आभार व्यक्त गरेका थिए । महासचिव कमल गुरुङले आगामी दिनहरुमा समाज अगाडी बढाउन सबैको उत्तिकै जिम्मेवारी र सरसल्लाह सुझावलाई महत्त्वपूर्ण हुन्छ भनेका थिए ।

अन्तमा अध्यक्ष उत्तर सुन्दासले उपस्थित सबैलाई कार्यक्रम सफल भएकोमा धन्यवादका साथ आभार व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!