बेलायतबाट दोलखाको गुम्बालाई १६ लाख १७ हजार सहयोग

SHARE:

लन्डन २५ जनवरी । समाजसेवी अन्तिम तमुस्योले दोलखा जिल्ला जिरीस्थित ऐतिहासिक बुद्विष्ट गुम्बा, श्री कुनसल थोङड्रोल लिङ पुनर्निर्माणका लागि बेलायतमा संकलित १६ लाख १७ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

आइतबार गुम्बा समितिका अध्यक्ष KhenRinpoche Sonam Wangel र Tulku Samten Rinpoche को जुममार्फत दर्शन तथा गुरूजनबाट सामूहिक रूपमा पुन्य परिणामना गरी सोही अवसरमा सहयोग रकम हस्तान्तरण गरिएको समाजसेवी तमुस्योले जानकारी दिइन् । उनका अनुसार बौद्व गुम्बा पुनर्निर्माण र ११० म्हने जोड्ने १८ दिने सहयोग संकलन अभियानमा १०६ परिवार सहभागी भई स्वेच्छाले दान दिएका थिए ।

समाजसेवी तमुस्योले आफ्नो सहयोग अभियानमा खुला हृदयले सहयोग गर्ने र शुभआशीष दिने सबैप्रति आभार प्रकट गरेकी छन् । ‘यहाँहरूको सल्लाह सुझाव र सहयोगप्रति आभार प्रकट गर्दै नयाँ वर्षको सुरुवात पून्य सञ्चय गर्ने शुभ अवसरले पक्कै पनि सत कर्म-सत मार्ग र सत वचनलाई पछ्याउन मद्दत पुग्नेछ भनि पूर्ण बिस्वस्त छु,’ उनले फेसबुकमा लेखेकी छन् ।

अंग्रेजी नयाँ वर्षदेखि सुरु भएको १० दिनको अभियानमा दाताहरु बढ्दै गएपछि थप १० दिन समय दिइएको थियो । तमुस्योले यसअघि पनि पटक पटक पुन्य कार्यहरु गर्दै आइरहेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!