
निलम गाउँले
युएसए – मानिस राम्रो र असल भएर पनि पुरै जीवन बांच्न पाउदैन । आफन्तहरुको आशिर्बादले र मायाले पनि दैवको अगाडी केही चल्दो रहेनछ। म्याग्दीको चिमखोलामा जन्मेर जीवनभरी असल कर्म गरेर आफ्नो गांउ ठांउ अनि सिंगो देशलाई सहयोग गरिरहेको एक यूवा जोडीलाई दैवले समय नपुग्दै आफन्तहरुको माझबाट चुंडेर लग्यो । घटना २०७६ सालको माघ १५ तारिखको हो । नेपालको ललितपुरको बिशालचोकस्थित फिट एण्ड फाईन हेल्थ क्लबमा साउना बाथ लिदै गर्दा कोठामा कार्बनमोनो अक्साई बढि हुदा निस्सास्सिएर हस्त कुमार गर्बुजा र नेत्र कुमारी गर्बुजाको अकल्पनीय निधन भयो ।
हस्तकुमार गर्बुजा तत्कालिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाका नीजि सचिव रहेका थिए । उनको निधनबाट चिमखोला मात्र नभएर सिंगो म्याग्दी जिल्ला नै शोकमा डुबेको थियो । वियोगको यहि पीडाका बीचबाट गुमेका आफ्ना आत्मिय भाई र बुहारीलाई जुनीजुनी सम्झिईराख्ने बनाउन अमेरिकामा रहेका दाई भाउजु निलम र शितलले एउटा प्रयास गरेका छन् । ‘जिन्दगीको आधा यात्रा’ नाम गरेको गीत र यसको म्युजिक भिडियो युट्युबमा सार्बजनिक भएको छ ।

युट्युबको निसिजा म्युजिक एण्ड ईन्टरटेन्मेण्ट (Nisija Music & Entertainment) च्यानलबाट सार्बजनिक भएको हो । चर्चित गायक जगदीश समालको स्वरमा स्वरबद्ध गीतलाई राजकुमार बगरले कम्पोज गरेका हुन । गीतसंगैको डाईलग संचारकर्मी टिकाकुमार पुनले लेखेका हुन जसमा कम्पोजर राजकुमार बगरले स्वर भरेका छन । गीतका रचनाकार निलम कुमार थापा हुन। निलम स्वर्गीय हस्त कुमारका सहोदर दाजु हुन । म्युजिक भिडियोमा राजकुमार पुन, यन्सर्ज गुरुगं, निलम कुमार थापा र शितल पुनले जीवन्त अभिनय गरेका छन् । ओम मेघा फिल्मसले पोष्ट प्रोडक्सन गरेको म्यूजिक भिडियोका निर्देशक ओम कर्माचार्य हुन ।






