नेपालमा कोरोना सङ्क्रमणबाट थप १५ जनाको मृत्यु

SHARE:

काठमाडौं माघ १३ ।

नेपालमा कोरोना सङ्क्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २१ हजार आठ सय आठ जनाको नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा पाँच हजार दुई सय ९२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ३७ हजार चार पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार पाँच सय ७६ रहेको छ । यसैबीच २४ घण्टामा पाँच लाख ५४ हजार पाँच सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

योसहित नेपालमा खोपको तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा लगाइएको छ । जसमध्ये एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा र एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!