‘विश्वच्याम्पियन बक्सिंग खेलाडी जोन राइडरद्वारा एनआरएन यूके तथा गोर्खाजको प्रतिनिधित्व गर्दै”

SHARE:

लण्डन । आगामी फेब्रुवरी १२ मा हुन गइरहेको एक ब्यवसायिक बक्सिङ प्रतिस्पर्धामा पूर्व डब्ल्यू. बी. सी. सुपर मिडलवेट च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन् । बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्यु. बी. सी. च्याम्पिनयनशिप २०१९ का बिजेता हुन् ।

“जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र विगतमा उनले लास भेगस,अमेरिका तथा ओ टु एरिना, लण्डनकाबक्सिंग गेमहरुमा एनआरएनए यूके र गोर्खाको ब्याज लगाएर खेलेका थिए” । राइडरका पूर्व प्रशिक्षक तथाएनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरसंगको सहकार्यमा जोन राइडरले एनआरएनए यूके तथा गोर्खाजकोप्रतिनिधित्व गर्दै बक्सिंग गेम खेलेका हुन्। ३३ बर्षीय ब्रिटिश बक्सिङ खेलाडी जोन राइडरले आजसम्म भएका उच्चस्तरीय ३५ प्रतिस्पर्धाहरुमा भाग लिएका छन्। उनि विश्व बक्सिंग च्याम्पियन मा नम्बर १ च्याम्पियन को रुपमा पनि परिचित छन।
“विगतमा झैं यस पटक पनि अध्यक्ष प्रेम गाहा मगरको अनुरोध तथा सहकार्यमा जोनले एनआरएनए यूके र गोर्खाजहरुको प्रतिक चिन्ह लगाएर रिङमा भिड्दैछन। हामीहरुलाई यसरी विश्व सामुन्य परिचित गराउने जोन राइडरको योगदाङ लाई कदर गर्दै उक्त दिन लाइव मार्फत उनको प्रतिस्प्रधात्मक लाई हेर्नुहुन भै हौसला प्रदान गर्नु  गैरआवासीय नेपाली संघ यूके तथा सम्पूर्ण गोर्खाज हरु यहाँहरु समक्ष हार्दिक अनुरोध गर्दछौं।
लण्डनको प्रसिद्द अलेक्जेण्डर प्यालेसमा राइडर र बक्सिङमा अर्का चमत्कार ज्याकोबबीच घमासान मुक्केवाजी हुनेछ । टिकट लिनका लागि तल दिइएको लिंकमा जान सकिने छ। १२ फेब्रुवरी दिउसो ४ बजे देखि राति सम्म यो बक्सिङ्ग प्रतियोगिता LIVE on DA ZN (matchroom ) च्यानेल द्वारा प्रत्यक्ष प्रशारण गरिने छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!