हस्त र नेत्रको स्मृतिमा ‘जिन्दगीको आधा यात्रा’ सार्वजनिक

SHARE:

काठमाडौं २९ जनवरी । अमेरिकाको बाल्टिमोर निवासी गीतकार निलमकुमार थापा मगरले सत्य घटनामा आधारित म्यूजिक भिडियो ‘जिन्दगीको आधा यात्रा’ सार्वजनिक गर्नुभएको छ ।

आफ्ना कान्छा भाइ/बुहारी हस्तकुमार गर्बुजा र नेत्रकुमारी गर्बुजाको दोस्रो स्मृति दिवसका अवसरमा शनिबार बाल्टिमोरबाट फेसबुक लाइभ गरी गीतकार थापाले नयाँ गीत विमोचन गर्नुभएको हो । म्यूजिक भिडियो लोकार्पण गर्दा छोरा जेसन गर्बुजा थापा र सानीछोरी निसिजा गर्बुजाले संयुक्त रुपमा ल्यापटपमा माउस क्लिक गर्नुभएको थियो । नयाँ गीत निसिजा म्यूजिक एन्ड इन्टरटेन्टमेन्ट युट्युब च्यानलमा हेर्न सकिने गीतकार थापाले जानकारी दिनुभयो ।

२६ वर्षदेखि अमेरिका बस्दै आउनुभएका निलम (परिवारका ठूलोकान्छा) का कान्छा भाइबुहारीको २०७६ माघ १५ मा ललितपुरको विशालचोकस्थित ‘फिट एन्ड फाइन हेल्थ क्लब’मा साउना लिने क्रममा गिजरको फ्यान बन्द हुँदा अचानक शरीरमा कार्बन-मनोअक्साइड कम हुन गई देहान्त भएको थियो । उक्त दुखान्त घटनालाई आधार मानेर गीत लेखेको उहाँले बताउनुभयो । गीतमा राजकुमार बगरको संगीत, गायक जगदीश समालको स्वर, ओम कर्माचार्यको निर्देशन, छायांकनलगायत भूमिका रहेको छ ।

दुई साताअघि बाल्टिमोरमै छायांकन गरिएको यस म्यूजिक भिडियोमा निलम आफैंले पनि अभिनय गर्नुभएको छ । त्यसैगरी शीतल पुन (निलमकी पत्नी), राजकुमार पुन र गुरुङ मौलिक चलचित्रकी नायिका एन्सर्ज गुरुङको जीवन्त अभिनय पनि देख्न सकिन्छ ।

म्युजिक भिडियो विमोचन कार्यक्रममा धारणा राख्दै निलमले भन्नुभयो, ‘म्याग्दीको चिम्खोलामा जन्मिएका भाइ हस्त र ओखरबोटमा जन्मिएकी बुहारी नेत्रले आफ्नो बालबच्चा र परिवार छाडेर अलप भएको पीडालाई शब्दमा बाँध्ने कोसिस गरेको छु । मन पराउने हुनेछ भन्ने आशा छ ।’

उहाँले भिडियो बनाउन प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद पनि दिनुभयो । ‘हामीलाई म्यूजिक भिडियोमा सहयोग गर्नुहुने निर्देशक, क्यामेरा म्यान, कलाकारहरु, गुरुङ चलचित्रकी नायिका एन्सर्ज गुरुङ, कलाकार राजकुमार पुन, श्रीमती शीतल पुनसहित सबैलाई हार्दिक बधाई छ,’ निलमले थप्नुभयो, ‘एन्सर्जबाहेक हामी तीनैजना नयाँ अनुहार छौं भिडियोमा । म्युजिक भिडियो बनाउन प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद दिन चाहन्छु । यो म्यूजिक भिडियोले भाइबुहारीको आत्माले शान्ति पाउनेछ भन्ने विश्वास लिएको छु ।’

यस्तै गीतकार शीतल पुनले पनि मृत्यु शास्वत सत्य भएको उल्लेख गर्दै हस्त र नेत्रको जस्तो मृत्युवरण कसैको नहोस्न भन्ने कामना गर्नुभयो । ‘मृत्यु ध्रुवसत्य कुरा हो, हामी यो धर्तीमा जन्मन्छौं, एकदिन धर्तीलाई छोडेर जान्छौं । जतिसुकै धनी किन नहोस्, जतिसुकै एजुकेट किन नहोस्, जोसुकैले पनि मुत्युलाई अँगाल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर, हाम्रो देवर र देउरानीले जसरी फुल्न लागेको केपिलालाई छोडेर कसैले पनि जान नपरोस् भन्ने भगवान्‌सँग प्रार्थना गर्दछु ।’ उहाँले पनि ‘जिन्दगीको आधा यात्रा’ म्यूजिक भिडियो मनपराइनुदिने हुने आशा राख्दै प्रतिक्रिया दिन पनि अनुरोध गर्नुभयो । कलाकार राजकुमार पुनले भाइ र बुहारीमा समर्पित म्यूजिक भिडियो पारिवारिकरुपमा बनाएको उल्लेख गर्दै सबैले मनपराइदिनुहुने आशा राख्नुभयो ।

निलम र शीतलले यसअघि पहिलो गीतिसंग्रह ‘सम्बन्ध’ बजारमा ल्याउनुभएको थियो । कोसेलीमा निलमका ३ र शीतलका ३ र संगीतकार जीतु पुनको १ गीत समावेश गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!