स्थानीय तहको चुनाव जेठ महिनाभित्र गर्ने पाँच दलीय सत्ता गठबन्धनको निर्णय

SHARE:

काठमाडौं माघ १५ ।

जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने पाँच दलीय सत्ता गठबन्धनले निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको आजको दोस्रो बैठकले आउँदो जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको बैठकले जेठभित्र चुनाव गर्ने निर्णय गर्दै सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

यस्तै संविधानसँग बाझिएका कानुनहरुलाई संशोधन गर्नुपर्ने भएमा तयारी गर्न सरकारलाई सुझाव दिएको पनि मन्त्री कार्कीले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!