ल्हेंगे तमु समाज बेलायतद्वारा डा हर्क गुरुङ उद्यान निर्माणका लागि ८ लाख सहयोग

SHARE:

लमजुङ ३० जनवरी । भूगोलविद् डा हर्क गुरुङको जन्मगाउँ मर्स्याङ्दी गाउँपालिका–७ मा ‘डा हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा हर्क गुरुङ प्रतिष्ठानलाई आठ लाख रुपैयाँ सहयोग गरेको छ ।

समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ एमभिओ र उनकी धर्मपत्नी मञ्जु गुरुङले मर्स्याङ्दी –७ का वडाध्यक्ष युवा घलेलाई शनिबार सो रकम हस्तान्तरण गरे । उद्यान निर्माणका लागि आगामी दिनमा समेत सहयोग गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । तत्कालीन संविधानसभा सदस्य तथा सो उद्यानका संरक्षक जमिन्द्रमान घलेले उद्यान निर्माणका लागि सहयोग गर्न सबैसँग आग्रह गरे ।

प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले उद्यानसँगै अन्य संरचना निर्माणका लागि करिब ६० लाख रुपैयाँ लाग्ने अनुमान रहेको बताए । पुस्ताकालय, सालिक, सङ्ग्राहलय, सामग्री प्रदर्शन कक्ष, सभाहल, फूल बगैँचा, मौलिक गुरुङ घरलगायतका संरचना तथा उद्यान निर्माण गर्ने प्रतिष्ठानले जनाएको छ । मर्स्याङ्दी –७ तराँचे ताङ्लीचोकमा विसं १९९५ पुस २१ गते डा गुरुङ जन्म भएको थियो । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा विसं २०६३ असोज ७ गते हेलिकोप्टर दुर्घटना हुँदा डा गुरुङसहित २४ जनाको निधन भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!